विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंकबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्दा धेरै व्यक्ति र संस्थाहरू बैंक तथा वित्तीय संस्थाको कालो सूचीमा पर्ने गरेका छन् ।
कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षदेखि हालसम्म ४ हजार ७४६ जना व्यक्ति र संस्थाहरू बैंकको कालोसूचीमा परेका छन् । ऋण लिई भाका नाघेका कारण यी व्यक्ति कालो सूचीमा परेका हुन् ।
ग्राहकले ऋण लिएको ६ महिना वा सो भन्दा कम अवधि छ भने कोरोना भाइरसको महामारीका बेला ऋणीलाई कालो सूचीमा नराख्न नेपाल राष्ट्र बैंकले सहज वातावरण मिलाइएको थियो । २०७६ पुस मसान्त सम्मका असल ऋणी छन् भने कालो सूचिमा नराख्नु भनेको हो ।
तर, त्यस अगाडि अर्थात् ६ महिनादेखि एक वर्ष भाका नाघेकोलाई कोरोनाको अवधिमा पनि कालो सूचीमा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
