राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (आज) रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बादल गृहमन्त्रीमा नियुक्त भएका हुन्।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका बादल एमालेमा प्रवेश गरेका थिए। माओवादी केन्द्रले उनको पद खारेज गर्न पत्र पठाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार (आज) बादलको सांसद पद खारेज गरेका थिए।
