जिउँदो कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय रुपैयाँ पुग्दा उपभोक्ताले आपत्ति देखाई रहेका छन् । यता, व्यवसायी भने आफूहरू अझै घाटामा नै परेको बताउँछन् । खसी र अन्य मासुको तुलना कुखुराको मासुको मूल्य अझै नपाएको प्रति कुखुरा व्यवसायीले गुनासो गरेका हुन् ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय तोकेको छ भने मासु ४२० रुपैयाँमा व्यवसायीले बिक्री गरिरहेका छन् ।
