• Friday 24th of July 2026

धेरै धन सञ्चय केका लागि ? मृत्युले कामनापूर्तिको अवसर दिँदैन

यस्ता व्यक्तिलाई धन दिँदा पाइन्छ महान् फल


  • आशाका किरण

कुनै विशेष कामनापूर्तिको आशाले जो धन सञ्चित गरिएको छ, त्यसको उपभोग दुःखपूर्वक नै गरिन्छ । अतः विद्वानहरू उनीहरूको प्रशंसा गर्दैैनन् । किनकी मृत्यु कसैको कुनै कामनापूर्तिको अवसरको प्रतीक्षा गर्दैन—

आयशा सञ्चितं द्रव्यं दुःखेनैवोपभुज्यते ।
तद् बुधा न प्रशंसन्ति मरणं न प्रतीक्षते ।।
(महाभारत शान्तिपर्व १९३।३०)

दीन, दृष्टिविहीन, निर्धन, अनाथ, बोल्न नसक्ने, जड, हिँड्न नसक्नेजस्ता विहलाङ्ग र रोगीहरूको सेवाका लागि जो धन दिइन्छ, त्यसबाट महान् फल प्राप्त हुन्छ—

दीनान्धकृपणानाथवाग्विभहीनेषु यत्तथा ।
विकलेषु तथान्येषु जडवामनपङ्गुषु ।।
रोर्गात्र्तेषु च यद्दत्तं तस्याद्बहुफलंधनम् ।।
(विष्णुधर्मोत्तरपुराण ३।३००।३०३१)

हृदयभित्र उदारता राखेर र बाहिर कृपणता (कठोर) राखेर समयअनुसार धनखर्च गर्नुपर्छ ।

कृत्वा स्वान्ते तथौदार्यं कार्पण्यं बहिरेव च ।।
उचितं तु व्ययं काले नरः कुर्यान्न चान्यथा ।
(शुक्रनीति ३।१९५–१९६)

अन्याय, अत्याचार गरेर धन कमाउने र कर्मका लागि पुण्यकार्य गर्ने धेरैको प्रवृत्ति देखिन्छ । याद राख्नुस्, अन्याय, भ्रष्टाचार, अनियमितता गरेर कमाएको पैसाले पुण्यकर्म गरिन्छ भने त्यसले फल मिल्दैन—

अन्यायोपार्जितेनैव द्रव्येण सुकृतं कृतम् ।
न कीर्तिरिह लोक च परलोके न तत्फलम् ।।
(देवीभागवत ३।१२।८)

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij