• Wednesday 9th of September 2026

न्युनतम १० देखि ८५ सम्म हवाई भाडा बढ्यो (भाडा सूचीसहित)


  • आशाका किरण

नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको छ । सोमबार वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । सोमबार मात्रै निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाए थियो ।  बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको संघले जनाएको छ ।

संघले अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।। हवाई भाडाको हवाई इन्धनमा लाग्ने मूल्य थप भएको हो ।

पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँले बढको छ भने नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा कमदुरीको उडान सिमराको भाडा १५ रुपैयाँ बढेको छ ।

Fuel Charge

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij