• Wednesday 9th of September 2026

तामाकोसी–५ निर्माणको तयारी


  • आशाका किरण

माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिए ।

 

आजको गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij