काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ ।
अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
