• Sunday 1st of November 2026

युके भेरियन्ट सात गुणा संक्रामक


  • आशाका किरण

पालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा।बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने स्थिति छ। ‘यही दरमा संक्रमण वृद्धि हुने हो भने केही दिनमै कोभिड अस्पतालमा बेड अभाव हुने स्थिति आउँछ’, डा. मरासिनीले भने, ‘जति धेरै संक्रमित उति नै अक्सिजन र भेन्टिलेटर सुविधासहितको अस्पताल चाहिन्छ।’ संक्रमितमा अक्सिजनको मात्रा घटेमा पनि अस्पताल नै भर्ना गर्नुपर्ने हुनाले अब सरकारले कोभिड अस्पताल निर्माणमा जोड दिनुपर्ने अवस्था आएको उनको सुझाव छ।

आजको नागरिक दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij