• Wednesday 9th of September 2026

मिल्लान् ओली–नेपाल ?


  • आशाका किरण

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अप्रत्याशित संवादले बुधबार कार्यकर्ता उत्साहित बनेका थिए। त्यही सिलसिलामा बिहीबार पनि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै वार्ता भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्तास्थलबाट ओली र नेपाल सँगै उभिएर नवनिर्मित धरहरा हेरिरहेको तस्बिर सार्वजनिक गरे । नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा ‘आशाको दियो बलेको’ टिप्पणी गरे। तर, करिब डेढ घण्टा चलेको वार्तापछि नेता नेपालले दिएको प्रतिक्रिया भने आशा जगाउने खालको थिएन।

बुधबार कुनै प्रतिक्रिया नदिएका नेता नेपालले बिहीबार वार्ता उपलब्धिमूलक हुन नसकेको बताए। ‘कुराकानीमा कुनै प्रगति छैन’, नेता नेपालले भने। जनकपुर पुगेर पनि नेता नेपालले ओलीसँगको कुराकानी सकारात्मक हुन नसकेको बताए। उनलाई त्यहाँको विमानस्थलमा माओवादी केन्द्रका नेताले स्वागत गरेका थिए। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने दुई शीर्ष नेताबीचको वार्ता सकारात्मक बन्दै गएको दाबी गरे। दुगड वार्ताको व्यवस्थापनका लागि होटलमा खटिएका थिए।

नेपालले अध्यक्ष ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राखेका छन्। अध्यक्ष ओली गुटगत र समूहगत रूपमा छलफल गर्न तयार देखिएका छैनन्। नेपाल पक्ष बिनासर्त आए कारबाही फुकुवा गरेर जिम्मेवारी दिन ओली सकारात्मक भएका छन्। १० गतेको बैठकमा आए कारबाही फिर्ता लिनेसम्मको आश्वासन दिए पनि नेपालले नमानेको  ओली निकट स्रोतले बताएको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij