• Monday 2nd of November 2026

फ्लोर क्रस गर्ने एमालेका ४ प्रदेश सांसद पार्टीबाट निष्कासित


  • आशाका किरण

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने एमालेका चारजना सांसदलाई पार्टी र संसद सदस्यबाट निष्काशन गरेको छ ।

नेकपा एमालेको बालुवाटारमा जारी बैठकले प्रदेशसभामा फ्लोरक्रस गरी माओवादी सरकार जोगाउने सांसदहरुलाई कारवाही गरेको हो ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij