• Wednesday 9th of September 2026

लकडाउन गर्न सीसीएमसीको सुझाव


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले कोरोना संक्रमण उच्च रहेको ठाउँहरुमा लकडाउन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सरोकारवाला पक्षहरुसँग शनिवार साँझ गरेको छलफलमा सीसीएमसीले त्यस्तो सुझाव दिएका हुन् ।

छलफलमा सीसीएमसीका निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा थियो ।

बैठकमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएकोबारे चर्चा भएको थियो । सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij