उपत्यकामा कोरोना संक्रमितको सख्या तीव्र बनेपछि सरकारले बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थलगायत) प्रवाह गर्ने पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
खाद्य सामग्रीहरूका पसलरव्यवसाय र डिपार्टमेन्ट स्टोरका ग्रोसरी बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘खाद्यान्नका पसल सञ्चालन गर्न दिइए पनि पासको व्यवस्था गरिएन । पसल खोल्न कसरी जाने भन्ने अन्योल छ,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने ।
आजको कान्तिपुर दैनिकबाट
