• Wednesday 9th of September 2026

रोजगारी गुमाएका परिवारलाई वैकल्पिक व्यवस्था गरियोस् : प्रचण्ड


  • आशाका किरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ का कारण गरिएको निषेधाज्ञाले रोजगारी गुमेका परिवारलाई राहत र खाद्यान्नलगायत वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले रोजगार विहिन श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल पनि गरेका छन् ।

“कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भिर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु । साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु,“ विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न उनको अपिल छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij