प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले श्रम र सामाजिक सुरक्षाको क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले सामाजिक सुरक्षा कोषमार्फत जुनसुकै क्षेत्रमा रहेका श्रमिक कामदारहरुका लागि जीवन पर्यन्त रोजगारीको व्यवस्था गरेको पनि बताए ।
अहिलेको सरकारले बेरोजगार व्यक्तिहरुलाई कम्तिमा १ सय दिनको काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यवस्था गरेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले अहिलेको सरकारले सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि सरकारले सहजीकरण गरिरहेको पनि उल्लेख गरेका छन् ।
