नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमै सरकार बनाउने निर्णय गरेको छ ।
संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि ससदको विशेष अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिएका पोखरेललाई नै मुख्यमन्त्री बनाउने गरि दलको बैठकले निर्णय गरेको हो ।
आज आइतबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।
