कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।
