गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन ।
बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ । विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।
