वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ ।
हेटौँडामाको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छ । एमालेले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुंगो लगाएको छैन ।
