गएरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् ।
कोरोना भाइरसको महामारी बढेपछि सरकारले गएरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।
तर भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् । ति उडानमा दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाइने छ ।
मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गर्ने निर्णय गरेको थियो । आन्तरिक उडान २० गतेदेखि नै बन्द भएका छन् ।
