• Wednesday 9th of September 2026

प्रधानमन्त्री ओलीले विश्वासको मत कसरी लिदै छन् ? प्रक्रिया के–के छ ?


  • आशाका किरण

संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ । विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि विषयमा बैठक प्रवेस गर्ने छैन ।

 बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् ।
 सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन् ।
 त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन् ।
 प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ ।
 त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।

 प्रधामन्त्रीको जवाफपछि विश्वासको मतको प्रस्तावउपर निर्णय प्रक्रिया सुरु हुने छ ।

 यो प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाइने छ ।
 सांसदहरु आफ्नो हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुने छन् ।
 संमतदानमा कोरोना संक्रमित सांसदहरुलाई पनि सहभागी गराइने छ ।
 उनीहरुलाई संसद भवन परिसरको छुट्टै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ ।

 संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको संख्या गणना हुने छ ।
 बहुमत पाएमा ओली प्रधानमन्त्रीमा कायमै रहने छन् । नपाए उनको विकल्पमा अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
 संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १÷१ जना सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij