• Wednesday 9th of September 2026

सुनको मुल्य प्रतितोला ९२ हजार पुग्यो


  • आशाका किरण

आज नेपाली बजारमा सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । यसैगरी, चाँदी पनि १५ रुपैयाँले बढेर आज १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आइतबार १३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij