जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक बर्षभित्र चुनाव गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले संबिधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकोको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

