• Sunday 1st of November 2026

बाँकेमा थप ११ कोरोना सङ्क्रमितको मृत्यु


  • आशाका किरण

बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–२ निवासी ३० वर्षीया महिला, कोहलपुर–१० निवासी ४५ वर्षीया महिला, कोहलपुर–११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर–१४ निवासी ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij