• Sunday 1st of November 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार


  • आशाका किरण

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।  विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै     विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो ।

जहाज नै उडान र अवतरण गरेर ुक्यालिब्रेसन फ्लाइट’ गरिने  गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।  ुक्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका   साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।

यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

आजको गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij