• Wednesday 9th of September 2026

ओली र नेपाल समूहबीच भयो थप सहमति


  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउन तयार भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

साथै एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।

 

वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल थिए भने नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij