• Tuesday 8th of September 2026

कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था


  • आशाका किरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ। यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्। नयाँ व्यवस्थाअनुसार संक्रमित पुग्नुपर्नेछ। यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो।

मन्त्रालयले आइतबारदेखि लागू गर्ने गर निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यसबाट गम्भीर अवस्थाका बिरामीको समयमै उपचार हुने र सामान्य अवस्थाकालाई घरैमा राखेर उचपार गर्न सजिलो हुने उनले बताए।  मन्त्रालयका अनुसार उपत्यकाका मुख्य अस्पताल तथा मेडिकल कलेजहरू कोभिड डेडिकेटेडमा समावेश छन्।

नेपाल मेडिकल कलेज, नोबेल अस्पताल, आर्मी अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘व्याक अप’ अस्पतालका रूपमा व्यवस्थापन गर्न लागेको मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए।

अबदेखि यस्तै प्रक्रियाका साथ निजी कोभिड अस्पतालहरूले पनि उचपार गर्नु पर्नेछ। यी अस्पतालमा गम्भीर अवस्थामा पुग्ने संक्रमित तथा अन्यत्रबाट रेफर भएका बिरामीलाई व्यवस्थापन गरिनेछ। नयाँ व्यवस्थासँगै १० हजार शय्याको क्षमता उपत्यकाका अस्पतालमा हुने मन्त्रालयले जनाएको छ। अस्पतालहरूले जुनसुकै समयमा पनि उपचार सेवा दिनुपर्ने प्रबन्ध मिलाइएको छ।

आजको नागरिक दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij