• Sunday 1st of November 2026

कानुनी प्रक्रियाले जनताको ज्यान जान नदिनू : प्रधानमन्त्री


  • आशाका किरण

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कानुनी प्रक्रिया अलमलका कारण जनताको ज्यान जाने अवस्था आउन नदिन’ निर्देशन दिएका छन् ।

‘हाम्रा प्रक्रियामा अल्झिएर कुनै नागरिकको ज्यान जान हुँदैन,’ प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशन समिति (सीसीएमसी)को बैठकमा भने, ‘तल्काल नागरिकको ज्यान बचाउनतिर लाग्नुहोस्, कानुनी प्रक्रियाका कारण रोक्न मिल्दैन ।’

नेपालमा ‘यसरी कोरोना भाइरस फैलन्छ’ भन्ने नसोचेको बताउ“दै उनले ‘अलिअलि मात्र सर्छ’ भन्ने लागेको पनि बताए । ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेको’ उल्लेख गर्दै उनले ‘कोरोना संक्रमण अहिलेजस्तो फैलिन्छ भन्ने’ नलागेको जिकिर गरे ।

‘यस रूपमा कोभिड बढ्छ भन्ने ठानेकै थिइनँ, के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ,’ उनले अगाडि भने, ‘त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो ।’

राजधानी दैनिक बाट 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij