लमजुङमा आज बिहान गएको भूकम्पका कारण केहि घर भत्किएका छन । तीन जना घाइते भएको प्रारम्भीक विवरण प्राप्त भएको छ ।
लमजुङ प्रहरिका अनुसार र सात वटा कच्ची घर भत्किएको विवरण प्राप्त भएको छ । भूकम्पका कारण घर भत्किँदा मर्स्याङदी गाउँपालिकाका उमा गुरुङ र खवकुमारी पाण्डे तथा नाम नखुलेका एक अर्का घाइते भएका छन् ।
भूलभूले आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
