राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।
मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक आज बस्ने बताइएपनि समय तय भएको छैन् ।
संसद फेरि भंग भएपछि अहिले विपक्षी दलहरु आक्रोशित बनेका छन् ।
