• Wednesday 9th of September 2026

के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?


  • आशाका किरण

सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई अब वंशजको नागरिकता दिने बाटो खुला भएको छ ।

अध्यादेश जारी भएसँगै विदेशीलाई वंशजको आधारमा नागरिकता दिलाउन खोजेको भन्दै सामाजिक सञ्जालमा विरोधसँगै नागरिकतासम्बन्धी अध्यादेशको पक्षमा समेत वकालत भएका छन् । नेपालको संविधानले जन्मको आधारमा आमा र बाबुको जन्मसिद्ध नागरिकता भएमा तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नागरिकतासम्बन्धी अध्यादेश जारी भएको हो ।

के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?
नेपालको संविधान २०७२ र सर्वोच्च अदालतको आदेशअनुसार नै सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको हो । र, यसले नागरिकतासम्बन्धी दुइटा गाँठो फुकाएको छ ।

पहिलो, ३ असोज २०७२ भन्दा अघि जन्मसिद्ध नागरिकता लिएकाहरूको नाबालिग सन्तानलाई वंशजका आधारमा नागरिकता दिने । दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने । तर, यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहनेछैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भन्ने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिनेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij