• Monday 26th of October 2026

देउवा र नेपाललाई बाँस्कोटाको व्यंग्य : प्रजातन्त्रै बुझाउन जाने लोकतन्त्रका दुई हस्ती


  • आशाका किरण

नेकपा एमालेका ओलीनिकट नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।

प्रतिनिधि सभा विघटन बदर गर्न तथा १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन माग गर्दै सोमबार देउवाको नेतृत्वमा एमालेको माधव नेपालपक्षसमेत ५ दलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।

यसै विषयमा पूर्वसञ्चारमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले सामाजिक संजाल मार्फत नेता नेपालाई दरबारमा निवेदन हाल्न जाने र देउवालाई दरबारमा प्रजातन्त्रै बुझाउन जाने लोकतन्त्रका दुई हस्ती भनेर व्यंग्य गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij