• Thursday 10th of September 2026

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाई


  • आशाका किरण

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आइतबार(आज) पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजन हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए । इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij