• Tuesday 8th of September 2026

लुम्बिनीमा राष्ट्रियसभाको उप–निर्वाचन आज


  • आशाका किरण

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि सोमबार उप–निर्वाचन हुँदैछ । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनारायण पाण्डे उठेका छन् । चुनावको नतिजा आज नै घोषणा हुनेछ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशसभाका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २१७ जना गरि जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चारजनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चारजना प्रदेशसभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij