• Saturday 25th of July 2026

म्याग्दीमा एक हप्ता थपियो निषेधाज्ञा


  • आशाका किरण

साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताउनुभयो । यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij