• Thursday 10th of September 2026

राजेन्द्र महतोले सच्याए आफ्नो अभिव्यक्ति


  • आशाका किरण

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले अभिव्यक्ति तोडमोड गरिएको भन्दै आफ्नो प्रतिरक्षा गरेका छन् । उनले उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्दै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा राखेका थिए ।

शनिबार राति एक विज्ञप्ति जारी गर्दै महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन्। उनले भनेका छन्, “हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ,”

उनले अन्तिममा भनेका छन्, “म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छु, । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु ।”
यसअघि महतोले भनेका थिए, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदैपदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्।

महतोको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भएको थियो। हो नि ।’ नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।

शुक्रबार पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij