पत्रकार सम्मेलन गरेर पारदर्शिता आफ्नो मूल मन्त्र रहेको बताएका नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले अन्ततः आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । निकै आकर्षक र महत्त्वाकाङ्क्षी योजना समेत सुनाएका उनले २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उनले सम्पत्तिको सम्पूर्ण विवरण ढिलो गरी सार्वजनिक भएको हो।
मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । यी जग्गाहरू काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा रहेका छन् ।
मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको विवरण पनि मन्त्रालयको वेबसाइटमा राखेका छन्। तामाङ स्वयम्को नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ । काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।
