बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
