• Sunday 1st of November 2026

मेलम्ची बजार जलमग्न


  • आशाका किरण

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, बाजुरा र गोरखामा बाढीले १० जना बेपत्ता बनाएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्मकै ठूलो बाढी आएको जानकारी दिनुभयो । मंगलबार साँझ मेलम्ची खोलामा आएको बाढीले २ जनाको मृत्यु भएको छ भने किनारका घरहरू बगाउँदा कम्तीमा सातजना बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रआसपासका स्थानीयलाई बाढीले बगाएकोे बुझिएको छ । मेलम्ची घ्याङमाथि नाम्साङसाङ क्षेत्रमा गएको ठूलो पहिरोले मुहान थुनेपछि मेलम्ची खोलामा बाढी आएको हो ।

लगातारको वर्षाका कारण त्यहाँ टेलिफोन सेवा अवरुद्ध भएको छ । उद्धारकार्य जारी रहेको पनि खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij