• Saturday 25th of July 2026

पञ्चदान पर्व औपचारिकतामा सीमित


  • आशाका किरण

भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारीदिनुभयो । उहाँले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई सङ्क्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी मनाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “ यस अवसरमा देवतालाई बाहिर ल्याए नगरका मात्र नभई भक्तपुरका सबै गुठियारहरूको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भीड बढी हुने भएकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यस वर्ष पनि गएको वर्षजस्तै औपचारिकतामा सीमित गरिने निर्णय गरिएको हो ।”

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने सो पर्वका अवसरमा जिल्लाका पाँच बिहारबाट दीपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइने परम्परा छ । दीपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील, गोल्मढीको झौरवही , साकोथाको चर्तुब्रह्म , भार्वाचोको थथुबही र दूधपाटीको कुथुबही महाबिहारका छन् ।

पञ्चदानमा जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौला, बोडी, काँक्रो, क्वाटी आदि गच्छेअनुसार चढाउने परम्परा छ । यसलाई स्थानीय भाषामा पञ्जदान (पंजरां) भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij