• Wednesday 9th of September 2026

तातोपानीमा सुविधा सम्पन्न होटल


  • आशाका किरण

नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सबै गुनासो सुन्नुपर्दथ्योे ।

विशेष गरेर सिञ्गा तातोपानी स्नान गरेर उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महसुस हुन्थ्यो । विसं २०७५ मङ्सिरमा बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल तातोपानीमा श्रेष्ठले निर्माण सुरु गरेको होटल हटस्पिरिङ सञ्चालनको तयारी अवस्थामा आएको छ ।

“म्याग्दीमा आउने भिआइपी र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो”, श्रेष्ठले भन्नुभयो, “पोखरापछि धवलागिरि क्षेत्रमा पहिलो पटक तारेस्तरको होटल सञ्चालन गर्ने लक्ष्य पूरा गर्ने तयारीमा जुटेको छु ।” करिब रु १५ करोड लागतमा साँढे दुई रोपनी क्षेत्रफलमा होटलको भवनलगायत पूर्वाधार निर्माण सकिएको छ । कोठा र भान्छाकोठा व्यवस्थापन तथा आवश्यक सामग्री जुटाएर आगामी मङ्सिरदेखि होटल सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठले बताउनुभयो ।

होटलको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । पूर्वाधार र सेवासुविधाका हिसाबले होटल जिल्लाकै पहिलो भएको सञ्चालकको दाबी छ । होटल सञ्चालनमा आएपछि तोतोपानी कुण्ड आउने पर्यटकलाई होटलको अभाव नहुने विश्वास गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij