• Wednesday 9th of September 2026

राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण(फोटो फिचर)


  • आशाका किरण
sf7df8f}F, @( c;f]h . /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ /fi6«klt sfof{nodf cfof]lht sfo{qmddf cfdf ldlynf kf08]sf] xftaf6 z'qmaf/ ;fO{tdf bz}+sf] 6Lsf tyf k|;fb u|x0f ug'{x''Fb} . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिनुभयो । यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उहाँले सर्वसाधरणलाई टीका लगाइदिनु भएन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्यालको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा फूल प्रसाद ग्रहण गर्नुहुुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी टीका तथा प्रसाद ग्रहण
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साइतमा दशैँको टीका तथा प्रसाद ग्रहण गर्नुहुुँदै ।
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्याललाई विजया दशमीको टीका लगाउनुहुँदै ।
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति कार्यालयका मूल पूजारीबाट दशैंको टीका ग्रहण गर्नुहुँदै ।
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा प्रसाद ग्रहण गर्नुहुुँदै ।
काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्यालको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा फूल प्रसाद ग्रहण गर्नुहुुँदै ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij