• Tuesday 8th of September 2026

सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन


  • आशाका किरण
zxLb ejg pb3f6g bdf}nL, @! sflQs M tgx'Fsf] aGbLk'/ ufpFkflnsf–! gfxfnfdf zxLb zf]efsfGt kf]v/]nsf] :d[ltdf lgdf{0f ul/Psf] ejgsf] cfOtaf/ pb3f6g ub}{ >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL s[i0fs'df/ >]i7 . ufpFkflnsfsf] ? b; nfvsf] nfutdf ejg lgdf{0f ul/Psf] xf] . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न भएको भवनको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । भवन निर्माणका लागि स्थानीयवासी कमलनारायण खड्गीले तीन आना जग्गा दान गर्नुभएको थियो ।

शोभाकान्त पोखरेल विसं २०५५ साल जेठ १४ गते प्रहरीबाट मारिनुभएको थियो । प्रहरीले सञ्चालन गरेको किलो शेरा–२ अभियानका क्रममा पोखरेलले बन्दीपुरको धरमपानीस्थित सेती नदी किनारमा सहादत प्राप्त गर्नुभएको थियो । भवनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले सहिदको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । सहिदले देखेका सपना पूरा भए मात्रै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले बन्दीपुर र समग्र तनहुँको विकासको जिम्मा आफूले लिएको बताउनुभयो । अहिलेसम्म चुनाव जित्न नसकेका केही राजनीतिक दलले आफूलाई निषेध गर्न खोजेको भन्दै मन्त्री श्रेष्ठले त्यस्तो निषेध र विरोधले केही नहुने बताउनुभयो । “तनहुँ क्षेत्र नम्बर–१ का जनताको मतले जितेको सांसद हूँ, अहिले मन्त्री भएको छु,” मन्त्री श्रेष्ठले भन्नुभयो, “व्यक्तिगत रुपमा मलाई केही गर्नु छैन, जनताका लागि सधैँ काम गर्नेछु ।”

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य सीता पोखरेल, गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले सहिद पोखरेलको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij