• Tuesday 8th of September 2026

बन्दको विरोधमा युवाको मोटरसाइकल -याली


  • आशाका किरण
aGbsf] lj/f]wdf ¥ofnL bdf}nL, #) sflQs -/f;;_ M g]qljqmd rGb g]t[Tjsf] g]skfn] dªunaf/ cfJxfg u/]sf] g]kfn aGbsf] lj/f]wdf Jof; gu/kflnsf–% l:yt gful/s ;dfhn] bdf}nL ahf/df lgsfn]sf] df]6/;fOsn ¥ofnL . t:jL/ M s[i0f Gof}kfg], /f;;

नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल -याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल -याली निकालेका हुन् ।

‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले -याली गरेका थिए । चापाघाटबाट सुरु भएको -याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण -याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।

१३ बन्दकर्ता नियन्त्रणमा

नेपाल बन्द गराउन सडकमा खटिएका १३ बन्दकर्ता दमौलीबाट ११ र डुम्रेबाट दुई बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको डुम्रे बजारबाट मगर मुक्तिमोर्चाका राष्ट्रिय सम्मेलन समिति सदस्य नीरु थापा र युवा सङ्गठन सदस्य सङ्घर्ष पक्राउ परेको प्रहरीले जनाएको हो।

यसअघि बिहानै दमौली बजारबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी एटम, ब्यास नगर इन्चार्ज ओम पन्त, मजदूर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेका थिए । नेपाल बन्दका कारण दमौलीलगायत विभिन्न ठाउँका बजार बन्द छ । सवारीसाधन कम मात्रामा सञ्चालनमा भएका छन् । सञ्चालन भएका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नेपाल बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij