• Tuesday 8th of September 2026

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी


  • आशाका किरण
sf7df8f}F, !$ dªl;/ M dlGqkl/ifbsf lg0f{o ;fj{hlgs ;~rf/ tyf ;"rgf k|ljlwdGqL 1fg]Gb|axfb'/ sfsL{ dGqfnodf dªunaf/ cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifbdf ePsf lg0f{o ;fj{hlgs ub}{ . tl:a/ M rGb|snf If]qL÷/f;;

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर सङ्क्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

बैठकले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० विलियन जापानी येन (अनुमानित १० अर्ब ३९ करोड) सहुलियपूर्ण ऋण लिने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रशाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई यही मङ्सिर १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृत दिने तथा हेलेज (प्रशोधित घाँस) को व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकल स्वीकृत गरेको छ ।

नेपाल सरकार र युएनडिपीबीच सम्पन्न भएको ‘स्टाण्डर्ड बेसिक एसिसटेन्स एग्रिमेन्ट’ लाई लागू गर्न कूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्र सङ्घलाई पठाउन स्वीकृति प्रदान गरिएको छ । यही मङ्सिर २३ र २४ गते अमेरिकाका राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको छ ।

बैठकले राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिवमा सुनपति–२, रामेछापका टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (सातौँ संशोधन) नियमावली, २०७८, रेडियो सञ्चार (लाइसेन्स) (पाँचौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गरेको छ ।

बैठकले राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवको सरुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहलाई अतिरिक्त समूहमा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा, सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij