• Tuesday 8th of September 2026

जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु


  • आशाका किरण
a; b'3{6gf–b'O{sf] d[To' vnËf, !% dªl;/ M h'Dnfsf] sgsf;'Gb/L ufpFkflnsf] u'7LHo'nfaf6 g]kfnu~h hfg nfu]sf] a; l;Fhfsf] hfrdf a'waf/ laxfg b'3{6gf . ;f] b'3{6gfdf k/L 36gf:ynd} b'O{ hgfsf] d[To' ePsf] 5 eg] 36gfsf] yk ljj/0f cfpg afFsL /x]sf] k|d'v lhNnf clwsf/L ljhofs'df/L k|;fO{+n] atfpg'eof] . t:jL/ M ljho /fjt÷/f;;

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उहाँले बताउनुभयो ।

बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij