• Tuesday 8th of September 2026

कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले


  • आशाका किरण
;Demf}tfkqdf ;xL ub}{ sf7df8f}F, !( k'; M ;Demf}tf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfnsf] pkl:yltdf g]kfn Po/nfOG;sf sfo{sf/L cWoIf o'j/fh clwsf/L / g]kfn ljB't k|flws/0fsf dxflgb]{zs s'ndfg l3l;ª ;f]daf/ ljB't k|flws/0fsf ofq' tyf ;fdfg g]kfn Po/nfOG;dfkm{t af]Sg] ;Demf}tfkqdf ;xL ub}{ . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता कार्यक्रममा उहाँले विद्युत् प्राधिकरणको कार्गो र यात्रु ओसारपसारबाट निकै राहत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।” नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार गर्ने सम्झौता भएको छ ।

मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबीचको कोर्गो ओसारपोसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij