• Saturday 25th of July 2026

बर्सातका कारण इँटामा करोडौँको क्षति


  • आशाका किरण
em/Ln] OF§f Iflt t'n;Lk'/, @! df3M t'n;Lk'/ pkdxfgu/kflnsf– !( l:yt lzj OF§f pBf]usf] OF§fdf jiff{bn] k'¥ofPsf] Iflt . a]df};dL em/L x'Fbf bfªsf] OF§f pBf]udf sl/a tLg s/f]8 a/fa/sf] Iflt ePsf] 5 . tl:a/ M bLks af]x/f÷/f;;

पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।

“समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले हाम्रो इँटामा निकै क्षति पु¥यायो,” उहाँले भन्नुभयो, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उहाँको भनाइ छ ।

यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उहाँको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग बन्द हुने अवस्था आएको समेत उहाँको भनाइ छ ।

यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३ नं इँटाको रु १० तोकिएको थियो । प्रत्येक इँटामा रु एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij