• Saturday 25th of July 2026

अवरुद्ध राजमार्ग नेपाली सेनाले खुलायो


  • आशाका किरण
a}t8L,@! df3M ;tafem–uf]7nfkfgL ;8sv08sf] lxpF kG5fpFb} ;'/IffsdL{ bz/yrGb /fhdfu{l:yt a}t8Lsf] ;tafem– uf]7nfkfgL ;8sv08sf] lxpF xg'dfgWjh u'Ndsf pk;]gfgL afnf/fd a'9fyf]sLsf] g]t[Tjdf vl6Psf] g]kfnL ;]gf, g]kfn k|x/L / ;z:q k|x/Ln] kG5fpFb} . tl:a/M ljgf]b l;+x lji6÷/f;;

हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो ।

उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो । हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आपत्विपद्मा नेपाली सेना भन्ने हाम्रो मूल उद्देश्यका साथ हाम्रो टोली हिउँ पन्छाउन सडकमा उत्रिएको हो, यसअघि बिहीबार बेलुका पनि हाम्रो टोलीले बीच बाटोमै रोकिएका सवारीलाई हिउँ पन्छाएर गन्तव्यमा पठाएको थियो ।” सतबाँझ– गोठलापानी खडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यहाँको अनारखोली, खोड्पे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो । उहाँले भन्नुभयो, “जेसिबी लगाएर राजमार्ग सुचारु गर्ने पहल भएको छ, हिउँ पर्ने क्रम अझै जारी रहेकाले समस्या भएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij