• Tuesday 8th of September 2026

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण


  • आशाका किरण
sf7df8f}F, @# d3 M j;Gt k~rdL –;df/f]x sf7df8f}Fsf] xg'dfg9f]sf b/af/l:yt gf;nrf]sdf j;Gt k~rdLsf cj;/df cfOtaf/ cfof]lht ljz]if ;df/f]xdf ;xefuL x'g'ePsf /fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL z]/axfb'/ b]pjf, k|wfgGofofwLz rf]n]Gb| zDz]/ ha/f, ;efd'v clUgk|;fb ;fksf]6f / /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ ।

राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij