• Saturday 25th of July 2026

चन्द्रागिरिमा हराएका पाँचजनाको पाँच घन्टापछि सकुशल उद्धार


  • आशाका किरण
sf7df8f}F, @! df3 M rGb|flul/ 8fF8fdf k/]sf] lxpFdf /dfpFb} gful/s sf7df8f}Fdf jiff{;Fu} rGb|flul/ 8fF8fdf lxpF k/]kl5 lxpFdf /dfpg k'u]sf ;j{;fwf/0f . lr;f]sf sf/0f pkTosfsf cGo 8fF8fx?df klg ;]tfDd} lxpF k/]sf] 5 . tl:a/ M k|bLk/fh jGt÷/f;;

नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गएराति १ बजे सकुशल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij